काठमाडौं – राप्रपा काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार कमल थापाले चुनाव जितेपछि नेपाललाई हिन्दु राष्ट्र बनाउने योजना रहेको बताएका छन्।
थापाले भिडियो सन्देशमार्फत हिन्दु राष्ट्रको पक्षमा मत दिन आग्रह गर्दै चुनाव सकिएको केही महिनाभित्रै राष्ट्रिय पहिचानको रूपमा हिन्दु राष्ट्रको स्थापना हुने दाबी गरे। उनी भन्छन्, हिन्दु राष्ट्र भनेको धार्मिक कानून मात्र नभई राष्ट्रिय पहिचान बनाउने कुरा हो।
उक्त क्षेत्रमा थापासँगै नेकपा एमालेका ईश्वर पोखरेल, नेपाली कांग्रेसका प्रदीप पौडेल र रास्वपाका सस्मित पोखरेल पनि उम्मेदवार छन्। गत चुनावमा पौडेल १५ हजार मतसहित विजयी भएका थिए भने पोखरेलले १०,१९० मत पाएका थिए।






































