बुटवल – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निषेध र उत्तेजनापूर्ण राजनीतिले मुलुकलाई फेरि दुर्घटनातर्फ लैजान सक्ने चेतावनी दिएका छन्। बुटवलमा शुक्रबार भएको कांग्रेस रुपन्देहीको सभालाई सम्बोधन गर्दै उनले देश अगाडि बढाउन सबै दल र जनतालाई एउटै गाडीमा लिएर अघि बढ्ने योजना रहेको बताए।
थापाले आगामी पाँच वर्षमा कांग्रेसको नेतृत्वमा देशले गति लिने दाबी गर्दै, किसान, पहाडी क्षेत्र र पूर्वाधार विकास लगायतका योजनामा ध्यान दिइएको जानकारी गराए। उनले कार्यकर्तालाई घरघरमा पुगेर भोट माग्न, उत्तेजनामा नबहक्न र मोबाइको भ्रममा नपर्न आग्रह पनि गरे।
सभामा रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका उम्मेदवार, पार्टी उपसभापति पुष्पा भुसाल, नेता बालकृष्ण खाण लगायत सहभागी थिए।