IMG-20241014-WA0000(6)

मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ।

 
वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता प्राप्त हुने संकेत छन्।

 

मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) आलोचना वा आरोपको सामना गर्नुपर्ने सम्भावना छ। तर, आफ्ना कामप्रति आत्मसन्तोष रहनेछ। हरेक निर्णयमा विवेक र धैर्य आवश्यक छ।


कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अप्रत्याशित स्रोतबाट सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। स्वास्थ्यमा सुधार हुँदै पुराना रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक लगानी लाभदायक बन्ने संकेत छन्।


सिंह - Leo(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेम जीवन सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा संगठनात्मक बल मजबुत बन्ने सम्भावना छ।

 
कन्या - Virgo(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा कमजोरी र रोगको सम्भावना छ। खर्चमा वृद्धि हुनेछ। प्रतिस्पर्धी सक्रिय हुनेछन्। अन्य क्षेत्रमा सामान्य परिणाम भए पनि दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

 
तुला - Libra(र, रि, रु, रे, रो, ता, ति, तु, ते) असहज परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। तर, शैक्षिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ।


वृश्चिक - Scorpio(तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक क्रियाकलापप्रति आकर्षण बढ्नेछ। सहयोगीहरूको समर्थन पाइनेछ। खुसीको अनुभूति हुनेछ। इष्टमित्रसँग सम्बन्ध मजबुत बन्नेछ।


धनु - Sagittarius(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खर्च बढ्ने सम्भावना छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। तर, व्यापार वा व्यवसायमा ठूलो लगानी नगर्नु उपयुक्त हुनेछ।

 
मकर - Capricorn(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दिन अनुकूल रहनेछ। रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। साथीभाइको सहयोग पाइनेछ। दाम्पत्य जीवन सुखदायी बन्नेछ।


कुम्भ - Aquarius(गु, गे, गो, सा, सि, सु, से, सो, द) वाणीमा मधुरता बढ्नेछ। मातापिताको सम्झना गर्दा कार्यमा सफलता प्राप्त हुनेछ। दाजुभाइ वा परिवारजनको सहयोग मिल्नेछ।


मीन - Pisces(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पेशागत कार्यमा लाभ प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ।