काठमाडौं— नेकपा (एमाले) परित्याग गरेका नेता जनार्दन ढकाल आज नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुने भएका छन्। कांग्रेसले राष्ट्रिय सभा गृहमा आयोजना गर्न लागेको प्रतिज्ञा–पत्र सार्वजनिक कार्यक्रममा उनलाई पार्टीमा स्वागत गर्ने तयारी गरिएको छ। उक्त कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले ढकाललाई पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको जनाइएको छ।
पूर्व संविधान सभा सदस्यसमेत रहेका ढकाल एमाले रसुवाका पूर्वअध्यक्ष हुन्। पछिल्लो करिब एक वर्षदेखि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका उनी संगठनात्मक गतिविधिमा निष्क्रिय जस्तै बनेका थिए।






































