काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बुधबार समितिको १६३ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।
आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।






































