सङ्खुवासभा— सङ्खुवासभामा खुकुरी प्रहारबाट छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५९ वर्षीय शिव कुमार राई रहेका छन् ।
चैनपुर नगरपालिका–१० इखम्बुमा शनिबार दिउँसो आपसी विवाद चर्किँदा राईले ४७ वर्षीय लीला प्रसाद राईमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर चोट लागेका लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने पक्राउ परेका शिव कुमारलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






































