काठमाडौं— आज २०८२ साल माघ १३ गते मंगलबार माघ शुक्ल पक्षको नवमी तिथि ।

मेषः आज शुभ दिन रहेको छ । धन लाभ हुनेछ । व्यापार सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ । लामो यात्रा तय हुने दिन छ ।
वृषः यात्रा कष्टकर हुनसक्छ । मन अशान्त बन्ने जोखिम रहेको छ । पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।
मिथुनः मन खुशी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षीले जतिसुकै दुस्ख दिए पनि जित तपाईंकै हुनेछ । खर्च बढ्ने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कर्कटः मन अशान्त बन्नसक्छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ । शिक्षामा गरेको मिहेनत सफल बन्नेछ । विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला ।
सिंहः दिन सुखद् रहेको छ । तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ ।
कन्याः मन अशान्त बन्नेछ । पेट सम्बन्धी रोगले सताउने जोखिम छ । आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन् । परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । आज यात्रा नगर्नु उचित देखिन्छ ।
तुलाः दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ । सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ ।
वृश्चिकः पुरानो रोगले सताउने छ । शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ । बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ । परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ ।
धनुः दैनिकी सहज बन्नेछ । साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन् । वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ । लगानी र श्रम भए फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ । आज शिक्षाको क्षेत्रमा गरेको प्रयासले नतिजा राम्रो दिनेछ ।
मकरः खर्च बढ्ने योग छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ । परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ । मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ ।
कुम्भः मनमा नयाँ उत्साह थपिनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ । बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मीनः महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ । साना कुराले मन अशान्त बन्नसक्छ । पिपलको दाहिने परिक्रमा मात्र गरेमा मात्र पनि दैनिकी सहज बन्नेछ ।






































