रौतहट— रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजार निवासी ३० वर्षीय अशोक महतो र राजदेवी नगरपालिका–२ हजमिनिया निवासी २९ वर्षीय अरबिन्द महतो रहेका छन्।

शुक्रबार बिहान गौर–पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।