काठमाडौं— सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अध्यक्ष नारायण दाहालले मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको जानकारी गराउनेछन् ।

साथै राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचना पढेर सुनाइने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, पर्यटन विधेयकसम्बन्धी समितिको प्रतिवेदन र विभिन्न अध्यादेशहरू सभामा पेस गरिनेछ ।