काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्।

नेकपा एमालेबाट राजन भट्टराई र कांग्रेसबाट सचिन तिमेल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिष्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन दर्ता गराएका हुन् ।

काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए ।भिडियो सम्पादन बिनोद बोमले गरेका हुन ।