काठमाडौं— रास्वपा नेता डा. अमरेशकुमार सिंहले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नबने देहत्याग गर्ने उद्घोष गरेका छन् ।
आसन्न निर्वाचनपछि बालेन प्रधानमन्त्री बन्ने दाबी गरेका उनले यदी बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्ने उद्घोष गरेका हुन् ।
सोमबार जनकपुरधाममा रास्वपाले आमसभाको आयोजना गरेको छ । अबको प्रधानमन्त्री बालेन शाह नै भएको दाबी गर्दै उनले भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
आफूहरु सीता माताको सन्तान भएको र उनी पनि जनकपुरमै समाहित भएको प्रसङ्ग कोट्याउँदै नेता सिंहले यदी बालेन प्रधानमन्त्री नभए आफू पनि जनकपुरको धर्तीमै समाहित हुने बताए ।






































