काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा टिकट प्रदान गरिएको हो।
पार्टीका तर्फबाट गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका थिए। रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङले अब धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्नेछिन्।
यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर अन्ततः उनी रास्वपाको तर्फबाट धादिङ–१ मा उम्मेदवार बनेकी हुन्।






































