राजविराज— मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट मात्र नभई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका छन् । सोही पार्टीबाट उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् ।