काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने भएको छ। पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने उद्देश्यले केहीबेरमै बैठक बस्ने तयारी भइरहेको कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए।

उनका अनुसार बैठकमा निर्वाचनमा उठाइने उम्मेदवारबारे छलफल गरी अन्तिम निर्णय लिने तयारी छ। पार्टीभित्रबाट आएका विभिन्न सिफारिस र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उम्मेदवार तय गरिने बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।