काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्।
निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्।
आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।
जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ।
मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।
आज निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल बोलाएको छ। छलफलमा दलहरूको उम्मेदवारी दर्ताको लागि आयोगले समय निर्धारण गर्दैछ।






































