काठमाडौं— जेनजी फ्रन्टका दुई सदस्य आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन्। ओझा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धा गर्नेछन्।
खनाल भने नवलपुर–२ बाट चुनाव लड्ने तयारीमा छन्। यदि झापा–५ मा बालेन शाह उठ्ने भएमा ओझाले झापाकै अरु कुनै क्षेत्रबाट उठ्ने तयारीमा रहेको बुझिएको छ।
जेनजी फ्रन्ट पार्टीगत राजनीति गर्न मात्रै गठन गरिएको मोर्चा होइन। फ्रन्टभित्र सडकमै खबरदारीको लागि रहनेहरु सगै संसदीय राजनीतिमा जान चाहनेहरू पनि छन्।






































