काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरि दिउँसो १ बजेको लागि सारिएको हो ।
पार्टीका मुख्य सचिव पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् ।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।






































