काठमाडौं— नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा विचार गोष्ठी आयोजना गरिएको छ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेता, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
विचार गोष्ठीमा वक्ताहरूले राष्ट्र निर्माणमा भूतपूर्व सैनिक तथा प्रहरीको योगदान, संगठनको भूमिका र भावी दिशा बारे धारणा राखेका थिए। कार्यक्रममा नेपोनको इतिहास, उपलब्धि र संगठन सुदृढीकरणका विषयमा समेत चर्चा गरिएको थियो।
नेपोनले स्थापनादेखि नै भूतपूर्व सैनिक तथा प्रहरीको हकहित, सम्मान र सामाजिक सुरक्षाका लागि निरन्तर काम गर्दै आएको आयोजकले बताएका छन्।






































