काठमाडौं— राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार चयन गरेको छ ।
नेकपाले कांग्रेस एमालेसँग गठबन्धन नगर्ने भएको छ । यससँगै नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।
उम्मेदवारहरुः
कोशी प्रदेशः खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने, मधेश प्रदेशः रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल रहेका छन् ।
त्यसै गरी बागमती प्रदेशः प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा छन भने गण्डकी प्रदेशः कपिल लामा रहेका छन् ।
लुम्बिनी प्रदेशः दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक रहेका छन् । कर्णाली प्रदेशः बुद्धिप्रसाद शर्मा, अन्जु महतरा र सुदूरपश्चिम प्रदेशः टीकाराम जैशी र रोजी बस्नेत सुनार रहेका छन् ।






































