काठमाडौं— काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको काठ तथा फर्निचरको गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रारम्भिक रूपमा घरबाट सल्किएको आगो नजिकै रहेको काठ तथा फर्निचरको गोदाममा फैलिएको हुन सक्ने जानकारी दिएका छन्।

हाल नेपाल प्रहरी, नगर प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याउने कार्य जारी रहेको छ।