काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद बढ्दै गएपछि पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

मंगलबार पार्टीको सम्पादन समिति बैठक सुरु हुनुअघि कार्यकर्ताहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको जनाइएको छ। कार्यालय वरपर प्रहरीको उपस्थिति बढाइएको छ भने प्रवेशमा निगरानीसमेत गरिएको छ।

पार्टीभित्र देखिएको आन्तरिक विवादले तनावको अवस्था सिर्जना भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाका उपाय अपनाइएको स्रोतले जनाएको छ।