चितवन— चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका(१२ रामदेलस्थित सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई जंगली गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोस्टमार्टमका लागि शव सोमबार साँझ भरतपुर सरकारी अस्पताल पठाइएको छ।






































