काठमाडौं— थरुहट र रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।

काठमाडौंस्थित सभागृहमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न अभियन्ता र नेताहरूको उपस्थिति रहेको छ। सोही कार्यक्रममार्फत थरुहट–रथारुवान क्षेत्रका राजनीतिक नेतृत्व र रास्वपाबीच औपचारिक रूपमा समायोजन घोषणा गरिने जनाइएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले समावेशी राजनीति, पहिचान र अधिकारका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, यस समायोजनले आगामी राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

घोषणा सभामा विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, राजनीतिक कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको छ।