काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।
पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।
एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखराज भट्ट – कैलाली–४, महेश बस्नेत – भक्तपुर–२, प्रदीप ज्ञवाली – गुल्मी–१, ईश्वर पोखरेल – काठमाडौँ–५, लीलानाथ श्रेष्ठ – सिरहा–३, अजय गुप्ता – रौतहट–१, हरि उप्रेती – सर्लाही–३, तिलक महत – नवलपुर–२, मिलन गुरुङ – गोरखा–२, बद्री मैनाली – नुवाकोट–१, सूर्य ढकाल – बाँके–१, दलबहादुर सुनार – बाँके–३, विश्राम चौधरी – कपिलवस्तु–१, सुहाङ नेम्वाङ – इलाम–२, लक्ष्मी महतो कोइरी – महोत्तरी–१, ध्रुव शाही – सुर्खेत–१, कलाधर देवकोटा – सुर्खेत–२, गुलाबजंग शाह – सल्यान, मणिराम फुयाल – काठमाडौँ–२ ९प्रस्ताव०, दामोदर भण्डारी – बैतडी, गणेश ठगुन्ना – दार्चुला रहेको छ ।
अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउने एमालेले जनाएको छ ।






































