काठमाडौं— आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।
समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।
विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गर्दै प्रभावकारी कानुन निर्माणमा योगदान पु¥याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिँदै आएको छ।






































