काठमाडौं— काठमाडौं–५ मा महानगरका मेयर बालेन्द्र शाह (बालेन) निकट सस्मित पोखरेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । मेयर बालेनसँग नजिक रहेर काम गर्दै आएका पोखरेल हाल सिटी प्लानिङ कमिसनका सहायक विज्ञ हुन् ।
महानगरको दीर्घकालीन योजना, नीतिगत सुधार र सेवा प्रवाहलाई संस्थागत बनाउने प्रक्रियामा उनको भूमिका निर्णायक मानिन्छ। विशेषतः काठमाडौंको शिक्षा क्षेत्र रूपान्तरणमा देखिएको प्रगतिमा पोखरेलको योगदान छ ।
सार्वजनिक विद्यालय सुधार, पाठ्यक्रम–शिक्षण पद्धतिमा सुधार, विद्यालय व्यवस्थापनलाई पारदर्शी बनाउने नीति तथा शिक्षक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको परिवर्तनको पछाडि नीतिगत डिजाइन र कार्यान्वयनमा पोखरेलले सक्रिय भूमिका खेलेका थिए ।
शिक्षा क्षेत्रलाई राजनीतिक नाराभन्दा बाहिर राखेर 'इभिडेन्स बेस्ड पोलिसी'मार्फत अघि बढाउन सक्ने क्षमताका कारण उनीप्रति अभिभावक, शिक्षक र नीति क्षेत्रका विज्ञहरूबीच विश्वास बढ्दै गएको छ ।






































