काठमाडौं— राजधानीको भृकुटीमण्डप परिसरमा विभिन्न ब्राण्डका गाडीहरू बेवारिसे अवस्थामा राखिएका छन्। ती गाडीहरू वर्षौंदेखि त्यहीँ थन्किएर बसेका भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन।

परिसरमा राखिएका अधिकांश गाडी पुराना भइसकेका छन् भने कतिपय त प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेका छन्। लामो समयदेखि खुला ठाउँमा राखिँदा गाडीमा जंग लागेको, टायर पञ्चर भएको र संरचनात्मक रूपमा क्षति पुगेको देखिन्छ।

qqqq

यी गाडीहरू कुन उद्देश्यका लागि त्यहाँ राखिएको हो भन्नेबारे स्पष्ट जानकारी नहुँदा स्थानीय तथा सर्वसाधारणमा अन्योल पैदा भएको छ। सार्वजनिक स्थलमा यसरी गाडी अलपत्र राखिँदा वातावरणीय सौन्दर्यमा असर परेको र स्थानको दुरुपयोग भइरहेको गुनासो समेत सुनिन थालेको छ।

wwww

सम्बन्धित निकायले यस्ता बेवारिसे गाडीको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने माग स्थानीयले गरेका छन्। भृकुटीमण्डपजस्तो मुख्य सार्वजनिक स्थलमा वर्षौंदेखि गाडी थन्किनु लापरवाहीको उदाहरण भएको छ।