ओखलढुंगा— ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक दम्पतीको हत्या भएको छ। ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगर मंगलबार राति मृत अवस्थामा फेला परेका हुन्।

बिहान ढिलासम्म घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी गर्दा उनीहरू घरभित्र मृत भेटिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दम्पतीको धारिलो हतियार प्रयोग भएको आशंका गरिएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली खटिएको छ । त्यसका साथै केनाइन शाखाबाट तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। हत्या बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।