काठमाडौं— काठमाडौं महानगरपालिकाले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डोजर चलाएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा बनाइएका अवैध संरचना हटाउन डोजर चलाएको हो ।
सार्वजनिक जग्गा कब्जा गरेर टहरा निर्माण गरिएको पुष्टि भएपछि महानगरपालिकाले आज डोजर प्रयोग गरी ती संरचना भत्काएको हो। महानगर प्रहरी बलका अनुसार विद्यालयको प्राङ्गण तथा आसपासको सार्वजनिक स्थानमा बनाइएका तीन वटा टहरा हटाइएको छ।
महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणका लागि अतिक्रमणविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको जनाएको छ। सार्वजनिक जग्गा हड्पेर बनाइएका यस्ता संरचना क्रमशः हटाइने महानगरको भनाइ छ।






































