काठमाडौं— कोरिया जान नपाएको भन्दै ईपीएस प्रणालीमार्फत रोजगारीका लागि छनोट भएका विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका छन्।

ईपीएस कोरिया शाखा, ग्वार्को (ललितपुर) अगाडि विद्यार्थीहरूले युवाहरूको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्। लामो समयदेखि प्रक्रिया अघि नबढ्दा आफूहरू अन्योलमा परेको उनीहरूको भनाइ छ।

प्रदर्शनकारी विद्यार्थीहरूले छिटो र पारदर्शी रूपमा समस्या समाधान गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले समयमै कोरिया पठाउने सुनिश्चितता गर्न र स्पष्ट जानकारी दिन सरकार तथा ईपीएस कार्यालयसँग आग्रह गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।