काठमाडौं— पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा लिखित बयान दिएका छन् ।
लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालयमा पुगेर ६ पृष्ठको बयान दिएका हुन् ।








































