IMG-20241014-WA0000(6) 10

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंलाई कुनै नयाँ काम कारोबार तथा व्यवसाय गर्ने सोच बिचार आउला , तपाईंले आज गरेका काम अधुरो हुनेछैन , आज कुनै महत्त्वपूर्ण कार्य तथा निर्णयमा सहभागी भईएला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusआजको दिन कुनै पदिय जिम्मेवारी बढ्ला, भाग्योदयको समय छ । कुनै गुप्त बिद्या तथा प्रमार्थ चिन्तनमा समय बित्ला , तपाईं आज कुनै न कुनै क्षेत्रमा प्रशंसित हुनुहुनेछ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, आज कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, तरपनी दिउसोबाट आखामा समस्या आउनसक्छ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancerआजको दिन तपाईंलाई सहयोग गर्ने भावना भएपनि उचित ठाउँमा नहुन सक्छ, तपाईंको इमानदारीताको अरुले फाइदा उठाउन सक्छन् ,सावधानी अपनाउनु होला व्यर्थको भ्रमण तथा खर्च होला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leoआजको दिन कुनै पनि कामका लागि आफन्तबाट साथ तथा सल्लाह प्राप्त होला, जस्तो सुकै समस्याको समाधान गर्न सक्ने खुबि तपाईंमा आउला। तथा धन प्राप्त होला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgoआजको दिन तपाईंलाई धन आर्जनका नयाँ नयाँ मार्गहरु खुल्लान, नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, आजको दिन तपाईंको आफ्नै खुबिले सफलता मिल्ला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libraआजको दिन तपाईंलाई भाईबन्धुको प्रगति र उन्नतिको खवरले मन आनन्दित बनाउला, कुनै पनि किसिमको भागबन्डाको हिस्सेदार बनिएला वैदेशिक रोजगारको अवसर पनि आउनसक्छ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpioबसिरहेको स्थान परिवर्तन हुने समय आएको छ , नयाँ नयाँ विचारले आजको दिन तरंगित गराउला, शुभ कार्यको थालनी हुनाले मन प्रशन्न रहला। आजको दिन दुर्गा देवीको आराधना गरे राम्रो होला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittariusआजको दिन कुनै पनि धार्मिक तथा आध्यात्मिक कार्यहरू गरिएला, शैक्षिक क्षेत्रमा पनि नयाँ नयाँ अवसरहरु आउलान, संतान पक्षको साथ र सहयोग पाइएला, कुनै पनि साहित्यिक तथा रचनात्मक कार्यमा सहभागी भईएला।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricornआजको दिन कुनै पनि कार्यमा अवरोध सृजना गर्नेहरू सक्रिय रहलान, रोग तथा ऋणले तनाव गराउला तर पनि मामा तथा मावली पक्षबाट साथ र सहयोग पाइएला।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquariusआजको दिन श्रीमती आज्ञाकारी हुने तथा प्रेममा वृद्धि होला, बिदेश यात्राका अवसर पनि आउनसक्छ, कुनै पनि मनोरञ्जनात्मक कार्यमा सहभागिताले मन प्रसन्न रहला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Piscesआजको दिन भाग्योदय होला, विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सहभागी भईएला, आजको दिन तिर्थयात्रा तथा पुजापाठमा समय बित्ला, समग्रमा आजको दिन राम्रो छ ।