कैलाली— जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार दिउँसो रोरा नदीमा माछा मार्दा घाइते भएका चौधरीलाई तत्काल टीकापुर अस्पताल लगिएको थियो ।  उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।