काठमाडौं—  सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको अवस्थाबारे अवलोकन गर्न मन्त्रीसहितको टोली आइतबार च्यासलस्थित पार्टी कार्यालय पुगेको हो। टोलीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक विवरण संकलन गरेको स्रोतले जनाएको छ।

सरकारी टोलीले आगजनीको तथ्यांक बुझ्ने र राजनीतिक छलफलमा उपयोग गर्न रिपोर्ट तयार गर्ने बताइएको छ।