काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा सहभागी हुनेछन्।
शीतलनिवास स्रोतका अनुसार छलफल आज दिउँसो ३ बजेका लागि तय गरिएको छ। समसामयिक राजनीतिक अवस्थाबारे विचार–विमर्श गर्न राष्ट्रपतिले शीर्ष नेताहरूलाई बोलाएको बताइएको छ।
छलफलको एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन।






































