काठमाडौं— हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।
गत आर्थिक वर्षमा हिमालयन बैंकको वितरण योग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेकाले लाभांश दिन नसकेको हो ।






































