डोल्पा— जिल्लाको जगदुल्ला गाउँपालिकामा सोमबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा जगदुल्ला–६ झ्याकोटका ४० वर्षीय भक्तबहादुर बुढाथोकी, उनका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ३६ वर्षीय भीमबहादुर डिसी र चालक जुम्ला चन्दननाथ नगरपालिका–९ का ३२ वर्षीय धर्मराज गिरी रहेका छन्।

सोमबार साँझ जगदुल्ला गाउँपालिका–६ झ्याकोटबाट बलासातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।

घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।