काठमाडौं—  काठमाडौं महानगरपालिकामा भौतिक रुपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय खारेज हुने भएका छन् ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै १०७ वटा विद्यालय खारेज गर्ने भएको हो ।

विभागले सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको छ ।

महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको थियो ।

स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ।

सूचनामा भनिएको छ, ‘संलग्न सूचीमा रहेका विद्यालय स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गरी सोको पुष्टि गर्नुपर्नेछ ।’

ktm-768x570