काठमाडौं— लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । 

मंगलबार एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । 

 यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।