काठमाडौं— सरकारले यसै साता १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विसका ऋणपत्र, २०९० मार्फत सरकारले ९ पुसमा १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । 

इच्छुक संस्थागत लगानीकर्तासहित सर्वसाधारणले ऋणपत्रमा लगानी गर्न सक्नेछन् । आठवर्षे ऋणपत्रमा सरकारले आकर्ष ब्याजर प्रदान गर्छ । 

लगानीकर्ताले घटिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन सक्नेछन् । ९ पुसमा बिक्री हुेन विकास ऋणपत्रका लागि ८ पुस अर्थात् मंगलबार दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँठ गरिनेछ भने बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बिनाप्रतिस्पर्धा बाँडफाँट गरिनेछ ।