काठमाडौं— नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
आइतबार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।






































