काठमाडौं— माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।






































