काठमाडौं— अदालतको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने २६१ दिनपछि पार्टी कार्यालयमा पुगेका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनको स्वागत गरिएको छ ।
लामिछानेको स्वागतका लागि पार्टी कार्यालयमा रास्वपा कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको थियो ।
सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि लामिछाने २०८१ चैत २२ गते पक्राउ परेका थिए ।
सोही अदालतको आदेशपछि लामिछाने शुक्रबार रिहा भएका हुन् ।
उच्चले बिहीबार रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रूपन्देही जिल्ला अदालतमा प्रक्रिया पुर्याएर रिहा भएका थिए ।
झण्डै ९ महिनाको जेल बसेका लामिछाने २६१ दिनपछि पार्टी कार्यालयमा उपस्थित भएका हुन् ।






































