काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् ।

१३ औं किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।