काठमाडौं— रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाटै रिहा हुने भएका छन्।
नक्खु कारागारले अदालतमा पत्र पठाइसकेको छ। अब त्यहाँ उच्च अदालतको आदेशअनुसारका सर्तमा कागज गराएर लामिछानेलाई रिहा गरिने अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
रुपन्देहीकै बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो।
त्यसको कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जिल्ला अदालत उपस्थित हुन लागेका हुन्। त्यसपछि उनी थुनामुक्त हुनेछन्।





































