काठमाडौं— ललितपुर महानगरपालिका–लुभु क्षेत्रमा एक व्यक्तिको शव इनारमा फेला परेको छ। मृतक सिन्धुली जिल्लाका केशव हायु रहेको जिल्ला प्रहरी परिसर ललितपुरले पुष्टि गरेको छ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीको तयारीका क्रममा ललितपुरस्थित एक कृषि फार्ममा बस्दै आएका हायुको शव फार्म नजिकैको इनारभित्र फेला परेको हो। घटनास्थलको अवस्थालाई हेर्दा हत्यापछि शव इनारमा फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
बुधबार साँझ स्थानीयवासीको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव उद्धार गरेको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाइएको र केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।






































