काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट बुधबार राति देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनको मुख्य ‘फोकस’ अमेरिकी अर्थतन्त्रमा थियो ।
ट्रम्पले मुद्रास्फीति र उच्च मूल्यका निम्ति पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार ठहर्याए । सम्बोधनका क्रममा उनले बाइडेनमाथि तिखो कटाक्ष गरे ।
उनले आफ्नो सरकारको कार्यकालमा आर्थिक अवस्थामा सुधार र धेरै सकारात्मक प्रगति देखिएको जिकिर गरे । नयाँ योजना घोषणा गर्दै उनले त्यसलाई ‘वारियर डिभिडेन्ड’ नाम दिए ।
त्यसअन्तर्गत १० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिइने उनले बताए । ट्रम्पले यसलाई सैनिकको सम्मानको कदम भने ।
हालका दिनमा ट्रम्पले मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतका निम्ति आलोचनाको सामना गर्नुपरेको छ । उनको आफ्नै पार्टीका केही नेताले पनि यसबारे चिन्ता व्यक्त गरेका छन् । साधारण जनताका आर्थिक समस्या सम्बोधन गर्न ठोस कदम नचालिएको आलोचकको टिप्पणी छ । ट्रम्पले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पले सैन्य बलको भूमिकाको प्रशंसा गर्दै एउटा विशेष आर्थिक घोषणा पनि गरे । उनले क्रिसमसभन्दा पहिले १४ लाख ५० हजारभन्दा बढी अमेरिकी सैनिकलाई एकमुस्ट ‘योद्धा लाभांश’ दिइने बताए ।






































