गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ । बरामको खोलामा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।