काठमाडौं—  नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा डा. झलक शर्मा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा.गौतमले स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन् । उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत थिए ।

त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व केही नेताहरु पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिवमा, पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।