काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति बनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवादद समिति गठन गरेको छ । समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।